काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पुरुष टिमको वार्षिक वरीयता सार्वजनिक गरेको छ । आईसीसीले आज सार्वजनिक गरेको वार्षिक वरीयतामा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत शीर्ष स्थानमा छ । भारतले यही वर्ष च्याम्पियन्स ट्रफी र गएको वर्ष टी–२० विश्वकप जितेको थियो । टेस्ट वरीयतामा भने भारत चौथो स्थानमा छ । एकदिवसीय…