काठमाडौं । न्युजिल्यान्डका क्रिकेट खेलाडी मार्टिन गप्टिलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । उनले नेपाल प्रिमियर लिग एनपीएलमा पनि विराटनगर किङ्सको टोलीबाट खेलेका थिए । ३८ वर्षीय गप्टिलले आफ्नो १४ वर्ष लामो अन्तर्राष्ट्रिय करियरमा न्युजिल्यान्डका लागि ३ सय ६७ खेलमा १ सय ९८ एकदिवसीय १ सय २२ टी–२० र ४७ टेस्ट खेलेका छन् ।…