काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा यस सिजनकाे पहिलोपटक सुपर ओभरमा गएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई हराएको छ । दिल्लीले दिएको १८९ रनको लक्ष्य पछ्याएको राजस्थानले ४ विकेट गुमाएर १८८ रन बनाएको थियो । यसअघि दिल्लीको अरुण जेट्ली स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले ५ विकेट गुमाएर १८८ रन बनाएको थियो…