माल्दिभ्समाथि नेपालको सहज जित

काठमाडौं । नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध सहज जित निकालेको छ । श्रीलंकाको कोलाम्बोमा जारी प्रतियोगिताको तेस्रो खेलमा मङ्गलबार नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हरायो । नेपालले २५–५, २५–१२, २५–२० को जित निकालेको हो । जितसँगै नेपालले तीन खेलबाट ६ अंक बनाएको छ । नेपालले यसअघि पहिलो खेलमा श्रीलंकालाई ३–०…