काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा ध्रुव आचार्य नियुक्त भएका छन् । मंगलबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै जानकारी दिए । आचार्य मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष हुन् । राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्ष पद केही समयदेखि रिक्त रहेको…