सन्तोषको ह्याट्रिकमा एनआरटीको सहज जित

काठमाडौं । सन्तोष गोङ्बाको ह्याट्रिकसँगै न्युरोड टिम (एनआरटी)ले ललित स्मृति एन्फा यु–१८ यूथ लिगमा चर्च ब्वाइज युनाइटेड क्लबमाथि सहज जित निकालेको छ । एन्फा कम्पेक्समा आइतबार भएको खेलमा एनआरटीले चर्च ब्वाइजलाई ३–० गोलले हरायो । सन्तोषले १७, २२ र २९औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । जितसँगै एनआरटी १२ खेलबाट २५ अंक बनाएको…