काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा २२ स्थान सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले बुधबार सार्वजनिक गरेको पछिल्लो वरियतामा सन्दीप ४१औं स्थानमा उक्लिएका हुन् । अलराउन्डर वरियतामा नेपालका दीपेन्द्रसिंह ऐरी ४८औं, कुशल मल्ल ५१औं, सोमपाल कामी ५३औं, करण केसी ७६औं, गुलशन झा ९०औं र ललित…