काठमाडौं । घरेलु मैदानमा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलाको उपाधिका निम्ति नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध खेल्ने भएको छ । बुधबार भएको लिग चरणको अन्तिम खेलमा हङकङसँग पराजित भए पनि नेट रनरेटका आधारमा यूएईले तालिकाको दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो । नेपालले भने यसअघि नै लिग चरणका खेलमा शतप्रतिशत नतिजासहित फाइनलको यात्रा तय गरिसकेको…