काठमाडौं । दोस्रो एकदिवसीय खेलमा शनिबार जिम्बाब्वे ए विरुद्ध नौ विकेटको सहज जित निकालेसँगै नेपालले शृंखला १–१ को बराबरीमा ल्याएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जिम्बाब्वेले दिएको ८८ रनको झिनो लक्ष्य नेपालले ११.२ ओभरमा एक विकेट गुमाएर भेट्टायो । नेपालको जितमा ओपनर सुनिल धमलाले सर्वाधिक ३८ रन बनाए । सुनिलले ३८ बलमा ६ चौका…