तिमी नचढ्नु आफैंले बनाएको भ्यु-टावर !

देखिनेछन्सानासाना झुपडीहरु, पुरानातिम्ले बनाएको अग्लो भ्यु-टावरबाट अझै नियालेउ भने,पुराना झुपडीहरुका फाटेको छानाभित्रदेख्नेछौ,वर्षौँ वर्षदेखि भोकाएका रित्ता भकारी देख्नेछौभोकले ब्याकुल सुत्केरीकाचाउरिएका स्तनरतिनै स्तनमा मुख गाडेरअन्तिम स्वासमा अल्झिरहेकोचिचिलो शिशुको ज्यान र देख्नेछौयस्तै यस्तैदेख्नै नसकिने दृश्यहरु त्यसैलेतिमी नचढ्नुआफैंले बनाएको भ्यु-टावर ! तिमीले भ्युटावर चढेर झरेको दिनरातभरी तिम्रो सपनामाऐठन गराउन आइपुग्नेछन्सुत्केरी आत्माहरुनिमोठ्नेछन् तिम्रो गर्धनर निदाउनेछौ तिमी सधैंसधैंलाई तिमी निदायौ भने…