नियात्राः मन पग्लिदै बाटोभरी

‘बसमा जाउँ’‘हैन ट्रेनमा जाउँ’‘हैन बसमा !’‘उसो भए ट्याक्सी खोजौं !’ जाउँ र नजाउँको छलफलमा निकैबेर अलमलियौं हामी । बुनुलाई एसीदेखि वाक्क लागिसकेको थियो । उनको रोजाईमा एसी नभएको सवारी साधन थियो भने म भारतका ट्रेनको भीडले त्रसित थिएँ । निर्मलस्वामीज्यूको प्राथमिकतामा थियो छिटो पुग्ने साधन ।अन्ततः एसी नहुने लोकल ट्रेनमैं जाने निधो भयो । हामी…