२०८१ सालको दशैंको समयमा कान्तिपथ हुँदै मोरङको यात्रा मेरो जीवनमा एकदमै विशेष बनेको छ। यो वर्षको बाढीले बिगारेको सडक र कष्टपूर्ण यात्रा भएपनि त्यो एक अनौठो अनुभव भयो। जसले मलाई प्रकृतिको शक्ति र मानवीय सहनशीलता सम्झायो। मानसपटलमा त्यो यात्रा ताजै छ । कान्तिपथ पार गर्दै गर्दा मैले देखेका दृश्यहरूले प्रकृतिको शक्तिबारे सोच्न बाध्य पारे ।…