डडेल्धुरा निर्वाचन कार्यालय परिसरमा प्रदर्शन

डडेल्धुरा । कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा निर्वाचन कार्यालय अगाडि प्रदर्शन भएको छ । आइतबार दिउँसो निर्वाचन आयोगको निर्णय मान्दैनौं भन्दै कांग्रेस डडेल्धुराका नेता, कार्यकर्ताहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्षले जिल्ला निर्वाचन कार्यालय अगाडि नाराबाजी गरेका छन्…