काठमाडौं । सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । प्रधानमन्त्री ओलीको आह्वानमा सोमबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषदको कार्यालयमा प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल अहिले भइरहेकाे हो । छलफलमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रिय सभा सदस्य कृष्णबहादुर सिटौला, गृहमन्त्री…