डाभोस (स्विट्जरल्यान्ड) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार युरोपेली नेतासँगको सम्भावित टकरावको वातावरणबिच डाभोस आइपुगेका छन् । ग्रिनल्यान्ड अधिग्रहण सम्बन्धी उनको अभिव्यक्ति र दबाबका कारण अमेरिका र युरोपबिचको ट्रान्स-अटलान्टिक गठबन्धनमा गहिरो दरार पर्ने खतरा बढेको छ । विश्व आर्थिक मञ्च सुरु हुनुभन्दा एक दिन अघि राष्ट्रपति ट्रम्पले युरोपेली नेताप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेका थिए । डाभोसमा…