छापा मारेपछि फर्महरू अमेरिकामा लगानी गर्न हिचकिचाउनेछन् : दक्षिण कोरियाली राष्ट्रपति

काठमाडौं । गएको हप्ता जर्जिया राज्यमा रहेको हुन्डाई प्लान्टमा भएको ठूलो आप्रवासन छापापछि दक्षिण कोरियाली कम्पनीहरू अमेरिकामा लगानी गर्न ‘धेरै हिचकिचाउने’ राष्ट्रपति ली जे म्युङले बताएका छन् । छापामारीमा पक्राउ परेका तीन सय जनाभन्दा धेरै दक्षिण कोरियालीहरूलाई हिरासतबाट रिहा गरिएको छ र उनीहरू भोलि घर फर्कने बीबीसीले जनाएको छ । ह्वाइट हाउसको निर्देशनका कारण उनीहरू…