काठमाडौं । निर्माण उद्योगका लागि अति आवश्यक कच्चा पदार्थ गिट्टी, बालुवा, ढुंगा, माटोलगायतका निर्माण सामग्रीहरू उत्खनन, औसार पसारलगायत पछिल्लो समयमा देखिएको समस्याप्रति नेपाल निर्माण व्यवसायी महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ । महासचिव रोशन दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘विगतमा पनि पटक पटक नदी तथा खानीजन्य निर्माण सामग्रीको उत्खननमा देखापर्ने समस्याले यो उद्योग आक्रान्त…