काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा चार सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन तोलामा एक लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ…