काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल सञ्चालनमा रहेको सिनामंगलस्थित हवाई इन्धन डिपो गुह्येश्वरीमा स्थानान्तरण हुने भएको छ। नेपाल आयल निगमले ६ अर्ब ५४ करोड रुपैयाँ लागतमा नयाँ स्वचालित डिपो निर्माणको विस्तृत योजना सार्वजनिक गरेको छ। नयाँ डिपो नेपाली सेनाको गल्फ कोर्स क्षेत्र (गुह्येश्वरी) मा निर्माण हुनेछ, जुन आगामी ५० वर्षको हवाई इन्धन माग धान्न सक्ने…