तत्कालका लागि धितोपत्र बोर्डको अध्यक्षमा रितेश शाक्य

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष विहीन भएको अवस्थामा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले अध्यक्षको भूमिका निर्वाह गर्ने भएका छन्। अहिले अर्थ मन्त्रालयको तर्फबाट सहसचिव रितेश कुमार शाक्यले बोर्डमा सदस्यको भूमिका निर्वाह गर्दै आएका छन्। शाक्यले नै आगामी दिनमा बोर्ड अध्यक्षको भूमिका निर्वाह गर्ने छन्। धितोपत्र ऐन २०६३ लाई संशोधन गर्दै उक्त व्यवस्था गरिएको हो।…