काठमाडौं । बागमती प्रदेशमा यसवर्ष धानको उत्पादन घटेको छ । गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोले क्षति पुर्याउँदा बागमतीमा धानको उत्पादन एक दशमलव ३७ प्रतिशतले ह्रास आएको बागमती प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ । यसवर्ष कुल एक लाख पाँच हजार चार सय १५ हेक्टरमा धानबाली लगाइएकोमा चार लाख आठ…