शुक्रबार नेपालको बिजुली बंगलादेश निर्यात हुने, तीन देशका मन्त्रीले उद्घाटन गर्ने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोलि शुक्रवार बङ्गलादेशलाई ४० मेगावाट बिजुली बिक्री गर्ने भएको छ । यसअघि भएको सम्झौता अनुसार भोलि नोभेम्बर १५ तारिखमा ४० मेगावाट बिजुली भारत हुँदै बंगलादेश पठाउन लागिएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएकाे छ । २५ मेगावाटको त्रिशूली र २२ मेगावाटको चिलिमे परियोजनाको बिजुली बंगलादेश पठाइने छ । बंगलादेशमा निर्यात गरिने…