पाँच वटा आयोजनाको तयारी ‘फास्ट ट्र्याक’ मा गरिने

काठमाडौं । सरकारले विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन हुने ७२ अर्ब रुपैयाँ बराबरका पाँच वटा आयोजनाको तयारी 'फास्ट ट्र्याक' मा गर्ने भएको छ । अर्थ मन्त्रालयमा आज बसेको बैठकले पूर्व–पश्चिम राजमार्गको बाग्मती–पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सुधार तथा सम्भार, विद्युत् वितरण प्रणाली आधुनिकीकरण तथा सुधारको आयोजनाको पूर्वतयारी छिटो सम्पन्न गर्ने निर्णय गरेको हो ।…