काठमाडौं । मुलुकमा पछिल्लो राजनीतिक घटनाक्रमले आर्थिक वर्ष २०८०–०८१ समाप्त हुन लाग्दा समेत निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तान गर्ने तर्फ राज्यले चासो नदेखाएको नेपाल निर्माण महासंघले जनाएको छ । महासंघ अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूको कुल ६० अर्ब रुपैया भुक्तान हुन बाँकी रहेको शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । हिजो बिहीबार विभिन्न मन्त्रालयबाट रकमान्तरका…