काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १८ वटा निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो । ‘विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (९) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी १८ निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको हो।…