काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपालले भारत र चीनसँग मात्रै तीन खर्ब बढीको व्यापारघाटा व्यहोर्नुपरेको छ । निर्यातभन्दा आयात चुलिँदा नेपालले छिमेकी दुई देशसँग तीन खर्ब चार अर्ब ४५ करोडको व्यापारघाटा व्यहोरेको हो । भन्सार विभागका अनुसार, चालु आर्थिक वर्षको पहिलो त्रैमासिक (साउन–असोज) सम्ममा भारतबाट नेपालले दुई खर्ब ५८ अर्ब ८७ करोडको वस्तु…