पाेखरा । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडकमार्ग विस्तार तथा स्तरोन्नति सुस्तगतिमा भइरहेको छ । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको आयोजनाका इन्जिनियर नारायण पौडेलले जानकारी दिए । उक्त खण्डमा २०७८ भदौदेखि काम सुरु भएको थियो । तीन वर्षको सम्झौता अवधि सकिँदा आधा पनि काम नभएपछि पुनः एक सय…