काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अब देशको आर्थिक गतिविधिले तीब्रता पाउने बताएका छन् । एक कार्यक्रममा बोल्दै मन्त्री डा. महतले भने, ‘राजनीतिमा एउटा सिस्टम स्थापित भएको छ । अब सकारात्मक बहसको आवश्यकता छ । त्यो भनेको ‘हामी गर्न सक्छौं, गर्न सकिन्छ । भन्ने विषयमा छलफल व्यापक बनाउनुपर्छ । देशमा यसले सकरात्मक सन्देश फैलाउँछ ।…