सुर्खेत । बेलायत सरकारले मुगु सदरमुकाम गमगढीदेखि हुम्लाको चंखेली गाउँपालिकाको देउलीसम्म ६७ किलोमिटर सडक कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । १ अर्ब ६६ करोड ९३ लाख ५२ हजारमा निर्माण भएको सडक प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो । सडक हस्तान्तरण कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सात वर्षको उमेरदेखि हिँडेर यात्रा गरेको स्मरण गरेका थिए…