काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले इन्जिनियरिङ सर्भेविना सडक निर्माण गर्ने काम तत्काल बन्द गर्न सरकारसँग माग गरेका छन्। सांसद खतिवडाले पहाडी जिल्लाहरूमा इन्जिनियरिङ सर्भेविना सडक निर्माणको काम हुँदा बृहत् रूपमा पहिरो जाने क्रम बढेर गएकाले त्यस्ता कामलाई सरकारले तत्काल बन्द गर्नुपर्ने बताए। शुक्रबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले डोजर अपरेटर आफैँ…