काठमाडौं । साताको दोस्रो कारोबार दिन आजपनि नेप्सेमा ८ अंकको वृद्धि भएको छ । पछिल्लो ५ दिनदेखि लगातार रुपमा बढिरहेको सेयर बजार परिसूचांक नेप्सेमा आज ८.१० अंकको वृद्धि भएको हो । ८.१० अंकले बढेर नेप्से आज १८९१.३१ बिन्दुमा पुगेको छ । नेप्सेमा वृद्धि हुँदा लगातार तेस्रो कारोबार दिन पनि कारोबार रकम अर्ब नाघेको छ ।…