दुग्ध विकास बोर्ड र कपास विकास समितिको पुनःसंरचना हुनेछ : कृषिमन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री वेदुराम भुसालले राष्ट्रिय दुग्ध विकास बोर्ड र कपास विकास समितिको पुनःसंरचना गरिने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले यी दुई संस्था विघटन गरे पनि यी क्षेत्रको कामलाई सरकारले निरन्तरता दिने स्पष्ट पारे । उनले भने, “यी दुई…