आजदेखि लागू हुने गरी बढ्यो दूधको मूल्य

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले आजदेखि दूधको उपभोक्ता मूल्य बढाएको छ। यसअघि दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रहेकोमा आजदेखि बढेको मूल्य लागू भएर प्रतिलिटर ८५ हुने भएको छ। डीडीसीको हिजो बसेको सञ्चालक समितिको बैठकले दूधको मूल्य प्रतिलिटर ८५ निर्धारण गर्ने निर्णय गरेको थियो। बोर्डको निर्णयअनुसार डीडीसीले देशभर तीन थरी मूल्य निर्धारण गरेको छ। काठमाडौँ…