काठमाडौं । सरकारले डिजेल र पेट्रोलमा प्रतिलिटरमा १०-१० रुपैयाँ मूल्य घटाउने तयारी अघि बढाएको छ । इन्धनको मूल्य निरन्तर बढ्दा उपभोग्य सामानको मूल्य बढेको भन्दै विरोध भएपछि सरकारले इन्धनमा लगाउँदै आएको कर घटाएर इन्धनको मूल्य घटाउने तयारी गरेको हो । इन्धनमा लाग्दै आएको पूर्वाधार कर घटाउन अर्थ मन्त्रालयले सहमती जनाएसँगै उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयले…