बजेटमाथिकाे छलफल सकियाे, भाेलि अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रतिनिधि सभामा आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको सामान्य छलफलमा सांसदहरूले धारणा राख्ने क्रम सकिएको छ । आज आइतवारकाे बैठकमा सांसदहरूले बजेटमाथि धारणा राखेका हुन् । छलफलमा उठेका विषयमा अर्थमन्त्री डा. प्रकाशशरण महतले भोलि साेमवार प्रतिनिधि सभाको बैठकमा जवाफ दिने सभामुख देवराज घिमिरेले जानकारी गराएका छन् । प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजे…