काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । यसअघि सोमबार २०० घटेको सुन मंगलबार एक हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन एक हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार रुपैयाँ कायम भएको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ…