साताको अन्तिम कारोबार दिन नेप्से दाेहाेराे अंकले घट्याे

काठमाडौं । २०७९ सालको अन्तिम दिनसँगै साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेको छ । बिहीबार नेप्से परिसूचक २९ अंकले ओरालो लागेको हो । योसँगै सूचक १९३४ को बिन्दुमा उक्लिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.७२ अंकले घटेर ३६७.९८ विन्दुमा पुगेको छ। यसअघि बुधबारको कारोबारमा भने नेप्से परिसूचक ९२ अंकले…