नेपाल इभी युगमा गइसक्यो : यातायातमन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाल इभीको युगमा प्रवेश गरिसकेको बताएका छन् । महानगर यातायात प्रालिको विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै उनले दिगो, सुरक्षित, वातावरणमैत्री यातायातको सुरूआत गरिसकेकाले अब यसलाई कसैले रोक्न नसक्ने बताए । उनले यातायात पूर्वाधारको क्षेत्रमा नेपालपछि नै रहे पनि केही वर्षको दौरानमा धेरै प्रगति भइरहेको बताए ।…