महेन्द्रनगर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उद्योगी व्यवसायीका समस्याप्रति प्रदेश सरकार गम्भीर रहेको बताएका छन् । जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ५७औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले भने, “मैले व्यवसायीहरुका समस्या बुझेको छु, उनीहरुलाई भारतबाट सामान ल्याउन समस्या भइरहेको छ । करको झन्झट छ, भन्सार कार्यालयमा दक्ष जनशक्ति अभावले पनि काम गर्न…