अमेरिकी डलर सटहीको सीमा बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलर सटहीका लागि तोकिएको सीमा बढाएको छ । बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत परिपत्र, २०७९ मा संशोधन गर्दै राष्ट्र बैंकले सीमा बढाएको हो । नयाँ व्यवस्था अनुसार अव नेपाल राष्ट्र बैंकबाट इजाजत पाएका मनी एक्सचेञ्जले नेपाली नागरिकसँग पाँच हजार अमेरिकी डलरसम्म सटही गर्नसक्ने व्यवस्था गरिएको छ…