काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले लोकतन्त्र, कानुनी राज्य र संवैधानिक सर्वाेच्चताको रक्षा गर्न विशेष परिस्थितिमा बनेको वर्तमानसरकारको दायित्व पूरा हुने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । नेपाल न्याय सेवाअन्तर्गतनवप्रवेशी अधिकृतका लागि आयोजित सेवा प्रवेश तालिमको आइतबार काठमाडौंमा समापन गर्नुहुँदै मन्त्री बडूले संविधानको रक्षा गर्ने मुख्य जिम्मेवारीसहित बनेको वर्तमान…