दक्षिण कोरियामा इ-सेभेन भिषामार्फत नेपाली कामदार पठाउने सरकारको तयारी

काठमाडौं । ईपिएस प्रणालीमार्फत नेपाली कामदार लैजाने गरेको दक्षिण कोरियाले इ-सेभेन (E-7) भिषामार्फत पनि नेपाली दक्ष कामदारको माग गरेको छ । इ सेभेन भिषामार्फत दक्षिण कोरिया नेपाली कामदार पठाउने विषयमा सरकारले छलफल अघि सारेको छ । इ सेभन भिषा भनेको कुनै निश्चित क्षेत्रमा विशेषज्ञता वा प्राविधिक सिप हासिल गरेका दक्ष कामदारहरुलाई दिइने भिषा हो ।…