प्रभु बैंकको कार्यवाहक सीईओमा निरज लम्साल नियुक्त

काठमाडौं । प्रभु बैंक लिमिटेडले निरज लम्साललाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ । गएराति बसेको सञ्चालक समितिको आकस्मिक बैठकले लम्साललाई बैंकको कार्यकारी नेतृत्वमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकका सीईओ अशोक शेरचन र डेपुटी सीईओ मणिराम पोख्रेललाई प्रहरीले पक्राउ गरेपछि बैंकले नयाँ नेतृत्व चयन गरेको हो । प्रहरीको अनुसन्धान प्रक्रियाले…