अर्थतन्त्रमा सुधार : चालु खाता घाटा २९ अर्बमा सीमित, शोधनान्तर स्थिति बचतमा

काठमाडौं । नेपालको चालु खाता घाटा सुधारिएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले देखाएको छ । केन्द्रीय बैंकले सोमबार सार्वजनिक गरेको ६ महिनाको आर्थिक तथा वित्तीय तथ्यांकअनुसार समीक्षा अवधिमा चालु खाता २९ अर्ब ४७ करोड रुपैयाँले घाटामा छ । गत वर्षको यही अवधिमा चालु खाता ३ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँले घाटामा थियो…