सनराइज क्यापिटलकाे ‘सनराइज फोकस्ड इक्विटी फण्ड’ धितोपत्र बोर्डबाट स्विकृत

काठमाडौं । सनराइज बैंक लिमिटेडद्धारा प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडद्धारा व्यवस्थापन गरिने सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने 'सनराइज फोकस्ड इक्विटी फण्ड' (Sunrise focused Equity Fund) योजनालाई मिति २०७९/०८/१९ गते नेपाल धितोपत्र बोर्डले स्विकृति प्रदान गरेको छ । योजनाको आकार प्रति इकाई मुल्य रु. १० को १२०,०००,००० इकाई गरि जम्मा रु. १,२००,०००,००० को रहेको छ…