राजश्व सङ्कलन बढाउने कार्ययोजना तयार गरी काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्व सङ्कलन बढाउने कार्ययोजना तयार गरी काम गर्न निर्देशन दिएका छन् । राजस्व सङ्कलनको वर्तमान अवस्थाका बारेमा राजस्व विभाग र भन्सार विभाग अन्तर्गत कार्यालयका प्रमुखहरूसँगको छलफलका क्रममा उनले राजश्वको लक्ष्य र सङ्कलनको अन्तर ठूलो रहेकाले प्रशासनमा कार्यरत सबैको साझा प्रतिवद्धता खोजिएको बताए । लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न…