काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा करको दर हेरफेर गरिएको भनिएको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिको पहिलो बैठक संयोजक चयन नै नगरी सकिएको छ । मंगलबार दिउँसो साढे १ बजेदेखि साँझ ५ बजेसम्म बसेको बैठकले समितिको कार्यविधि पास गरेको छ । ‘सभापति चयनका लागि सहमतिको प्रयास भयो,’ बैठकपछि नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले…