काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कपिलवस्तुको बाणगंगा नगरपालिका–७मा निर्माण गरेको १३२/३३/११ केभी क्षमताको मोतीपुर सबस्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सबस्टेसनको बिहीबार उद्घाटन गरेकी हुन् । पूर्व-पश्चिम १३२ केभी प्रसारण लाइनलाई आठवटा टावर निर्माण गरी मोतीपुर सबस्टेसनमा लगिएको छ । सबस्टेसनमा रहेका ३० र १६ एमभीएका पावर ट्रान्सफर्मर छन् ।…