काठमाडौं । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्माले बुधबार राजीनामा दिएपछि अर्थसचिव मधुकुमार मरासिनी मन्त्रालय फर्किएका छन्। सचिव मरासिनीको सचिवालय स्रोतका अनुसार उनी बिहीबार मन्त्रालय आइपुगेर काम सम्हालेका हुन्। सचिवालयका एकजना सदस्यका अनुसार उनी बिहिबार पौने २ बजे मन्त्रालय आइपुगेको हुन् । निर्वतमान मन्त्री…