काठमाडौं । तिहार नजिकिँदै गर्दा बजारमा सुनको अभाव भएको छ । तिहारमा सुनको माग उच्च हुने हुँदा व्यवसायी अभाव देखाएर बढी मूल्य लिने गरेका हुन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्राचार्यले तिहारमा सुनको माग उच्च भएकाले सुनको अभाव कायम रहेको जानकारी दिए । चोरीतस्करीबाट भित्रिएको सुनमा तोलामा पाँच हजारदेखि आठ हजार रुपियाँ…