ऊर्जामन्त्री खड्का र चिनियाँ ऊर्जा प्रमुखबिच द्विपक्षीय भेटवार्ता

काठमाडौं । शाङ्घाई सहयोग सङ्गठन (SCO) ऊर्जा मन्त्रीस्तरीय बैठकको अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आज जनवादी गणतन्त्र चीनको निङ्बो सहरमा चीनको राष्ट्रिय ऊर्जा प्रशासनका प्रशासक महामहिम वाङ होङजीसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । भेटवार्ताको सुरुवातमा मन्त्री खड्काले चीन सरकारद्वारा प्रदत्त आत्मीय आतिथ्य र SCO ऊर्जा मन्त्री स्तरीय बैठकको सफल आयोजनाप्रति आभार प्रकट गर्दै…