चोभार सुक्खा बन्दरगाह : मुलुकको व्यापार प्रवर्द्धनको सेतु

काठमाडौँ । काठमाडौँको कीर्तिपुरस्थित चोभारमा हिजो (मंगलबार)देखि सञ्चालनमा आएको ‘चोभार सुक्खा बन्दरगाह’ व्यापार प्रवर्द्धनको आधार संरचनाका रूपमा उभिन सफल भएको छ । नेपालको राजधानीबाट राजमार्ग हुँदै सिधै समुद्रसँग जोडिने नेपालको पहिलो र महत्त्वपूर्ण उक्त बन्दरगाहलाई आयात/निर्यात व्यापार प्रवर्द्धनका लागि सेतुका रूपमा हेरिएको छ भने उद्योगी व्यवसायीबाट व्यापारिक क्षेत्रका लागि बन्दरगाह कोसेढुङ्गा सावित भएको प्रतिक्रिया आएको…