नेपाल कस्तो आर्थिक नीति अवलम्वन गर्ने भन्नेमा अलमल छ : सुरेन्द्र पाण्डे

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले बदलिँदो विश्व परिवेशमा नेपालले कस्तो आर्थिक नीति अवलम्वन गर्ने भन्नेमा अलमल रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा उनले विकासमा फड्को मार्न सरकार ठूलोभन्दा पनि कर्मचारीतन्त्र बलियो बनाउनुपर्नेमा जोड दिए । हालसम्म सरकार बलियो भन्ने मानसिकताले यहाँ विकासमा फड्को मार्न नसकेको उनको भनाइ छ…