काठमाडौं । सर्वोच्च अदालतले क्रसर उद्योगको मापदण्ड संशोधन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । बुधबार न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले उक्त मापदण्ड कार्यान्वयनमा रोक लगाएको हो। वातावरण कानुन समाजले दायर गरेको रिटमा बुधबार सुनुवाइ गर्दै इजलासले सरकारले जारी गरेको मापदण्डलाई हाल यथास्थानमा राख्न भनेको हो। सर्वोच्चले दुवै पक्षको…