काठमाडौं । नेकपा एमालेका पूर्वसांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई पक्राउ गरेको हो । तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको सीआइबीले जनाएको छ । सीआइबीका डीआइजी धिरजप्रताप…